टिएमएस बन्द गरेर आन्दोलनमा सहयोग गर्न ब्रोकर कम्पनीलाई आग्रह

अनसन स्थलबाट तिलक कोइरालाले सबै ब्रोकर कम्पनीहरूलाई टिएमएस बन्द गरेर आन्दोलनमा सहयोग गर्न र सहभागी हुन आग्रह गरेका छन् ।

पूँजी बजार विकासका लागि यो अन्तिम र निर्णायक लडाँई रहेको बताउँदै कोइरालाले ब्रोकर कम्पनीहरूलाई पनि यस आन्दोलनमा मद्दत पुर्याउन आग्रह गरेका छन् ।

पूँजी बजार निरन्तर घट्दा लगानीकर्ताहरूलाई मात्र नभएर मर्चेन्ट बैंक र ब्रोकर कम्पनीहरू लगायत सबैलाई ठूलो नोक्सानी भएको उनले बताए ।


पूँजी बजार सम्बन्धी सरकारले गर्छु भनेको काम समयमा नगर्दा समग्र पूँजी बजार गम्भिर संकटमा परेको भन्दै केही दिनदेखि लगानीकर्ताहरूले विभिन्न विरोधका कार्यक्रम एवमं आन्दोलन गरिरहेका छन् । विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले हिजोदेखि आमरण अनसन समेत सुरू गरेका छन् । अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय