घट्यो खाने तेलको मूल्य

बजारमा खाने तेलको मूल्य घटेको छ । रुस–युक्रेन यु द्धका कारण महँगिएको खानेतेल लिटरमै ३० रुपैयाँसम्म मूल्य घटेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि यहाँ मूल्य घटेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य १० प्रतिशतसम्म घटेको छ भने
एक महिना अघि सूर्यमुखी तेल कार्टुनमा ३३ सय देखि ३५ सय रुपैयाँ थियो। अहिले यो घटेर ३ हजारदेखि ३२ सय रुपैयाँमा आएको छ। भटमासको तेल कार्टुनको तीन हजार रुपैयाँदेखि ३२ सय रुपैयाँसम्म थियो।

यो घटेर अहिले २८ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म आइपुगेको छ। सूर्यमुखी तेलको मूल्य लिटरको २ सय ८० रुपैयाँमा बिक्री भइरहेको छ। एक महिना अघि यो तेलको मूल्य लिटरको ३ सय १० रुपैयाँ थियो।



केही समय अघिदेखि खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि हुँदै आएको थियो । नेपाल पूर्ण रुपमा कच्चा पदार्थमा परनिर्भर हुँदा तेलको मूल्य अन्तर्राष्ट्रिय कारणहरुले प्रभावित बन्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय