बिन्ध्यबासिनी हाइड्रोको आईपीओ बाँडफाँड  सम्पन्न: यसरी हेर्नुस् रिजल्ट

बिन्ध्यबासिनी हाइड्रोको आईपीओ बाँडफाँड भएकाे छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा अहिले दिउँसो ३ बजे सम्पन्न भएकाे हाे । गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर ७ रहेको छ । ७ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएकाे छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका छन् । बाँकी १६ लाख ५५ हजार ३ सय ९५ जनाको भने हात खाली भएकाे छ ।

बिन्ध्यबासिनी हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?
अन्तिम दिनसम्म कुल १७ लाख ९१ लाख ८ सय ९५ जना लगानीहरूले यस आईपिओमा आवेदन दिएका थिए । जसमध्ये २ हजार ७ सय ३८ जनाको आवेदन रद्द भएको छ । बाँकी १७ लाख ८९ हजार १ सय ५७ जना याेग्य आवेदकलाई बाँडफाँडमा सहभागी गराइएकाे थियाे ।


कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडकाे वेभसाइट, बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडकाे वेभसाइट र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय