विद्युत् कार्यालयलाई लालटिन उपहार

दाङ – अघोषित लोडशेडिङ हुन थालेकाे भन्दै नेपाली कांग्रेसले दाङमा विद्युत् कार्यालयलाई लालटिन उपहार दिएको छ । आज शुक्रवार नेपाली कांग्रेस घोराही उपमहानगर कमिटिको अगुवाइमा ध्यानाकर्षण पत्रसहित विद्युत् कार्यालयलाई लालटिन उपहार दिइएकाे हाे ।

प्रतिनिधिमण्डल गएर अघोषित लोडशेडिङलाई तत्काल समाधान गर्न दबाब दिने कार्यक्रमस्वरूप लालटिन उपहार दिइएको कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काले बताउनुभयो । कार्यालय पुगेकाे समूहले वितरण केन्द्रका प्रशासन प्रमुख डण्डपाणि विकलाई भेटेर समस्या राख्नुका साथै यथाशीघ्र समाधान गर्नसमेत आग्रह गरेको थियो ।

काङ्ग्रेस क्षेत्र नं. २ का सभापति खड्का, प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ, नगर सभापति तिलक रावत, उपसभापति दुर्लभ केसी, दाङ उद्योग वाणिज्य सङ्घका निवर्तमान उपाध्यक्ष वसन्त जोशी, नगर सदस्य किरण बोहरालगायतको टाेली कार्यालय पुगेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय