प्रसाईंलाई यूएईका अधिराजकुमारले दिए सुनको लौरो उपहार

झापा । तीनदिने नेपाल भ्रमणमा रहेका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् ।श्री एरलाइन्सको चार्टर विमानमार्फत झापास्थित चन्द्रगढी विमानस्थलमा ओर्लेका अधिराजकुमारले आफूलाई स्वागत गर्न पुगेका प्रसाईंलाई सुनको लैरो हस्तान्तरण गरेका हुन् ।

अधिराजकुमारे झापामा दुईदिन बस्ने कार्यतालिका रहेको छ । झापा बसाइका क्रममा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।व्यवसायी प्रसाईंको विशेष निमन्त्रणामा अधिराजकुमार नेपाल आएका हुन् । उनले झापासँगै काठमाडौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको बीएण्डसी अस्पतालले जनाएको छ ।



नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धम्की दिएकाे भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडाैं र जिल्ला प्रहरी परिसर टेकुमा निवेदन दिएका छन् । आलेबाट हातपात र दुर्व्यवहार भाेगेका अधिकारीले दुवै कार्यालयमा आफैँ उपस्थित भएर बुझाएको निवेदनमा मन्त्री आलेले गोली हान्ने र कुटपिट गर्ने धम्की दिएको उल्लेख छ ।

पर्यटनमन्त्री आलेले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीमाथि हातपात गरेकाे घटना हिजाे बाहिरिएकाे थियाे । अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर आलेले अश्लील गालीगलौज गर्दै कार्यकक्षमै हातपात गरेका थिए ।आफूले सिफारिस गरेका मान्छेलाई जागिर दिन ढिला गरेको झाेंकमा मन्त्री आले आवेगमा आएका थिए । तर पर्यटनमन्त्रीकाे सचिवालयले मन्त्रालयमा यस्ताे घटना नभएकाे दाबी गर्दै विज्ञप्ति निकालेकाे छ ।

मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका हुन्। आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय