सञ्चालन नहुँदै भत्कियो दाङको बबई नदीमा बनाइएको पुल

दाङ, ४ असार:

दाङको बबई नदीमा बनाइएको पुलको संरचना भत्किएको छ । बबई गाउँपालिका–७ मठेउरादेखि रावततरा जोड्ने नवनिर्मित पुलको संरचना भत्किएको हो ।

पुलको सुरक्षाका लागि लगाइएको तारजाली सबै भत्किएको छ । मापदण्ड अनुसार तारजाली नलगाइँदा बनाइका संरचनाहरू भत्किएको स्थानीयको भनाई छ । मनसुन सुरु नहुँदै नवनिर्मित संरचनाहरू भत्किँदा वर्षायाममा जोखिम बढेको उनीहरूले बताए ।

केही महिना पहिलेमात्र निर्माण सम्पन्न पुलको हालसम्म उद्घाटन समेत भएको छैन । २०७२ सालदेखि निर्माण सुरु भएको पक्की पुल निर्माणको काम केही समयपहिले सम्पन्न भएको थियो । निर्माणाधीन क्रममा बाढीले पुल भत्काएपछि नयाँ डिजाइनमा पुनःनिर्माण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय