प्रधानमन्त्रीको तयारीमा गगन थापा !

काठमाडौं । नेपाली कांग्रेसबाट संघीय संसदमा प्रतिनिधित्व गरिरहेका सांसद गगन थापाले आफू र आफ्नो पुस्ताले अबको निर्वाचनपछि प्रधानमन्त्रीको लागि हस्तक्षेप गर्ने बताएका छन् ।कांग्रेस महामन्त्री समेत रहेका नेता थापाले आगामी निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको बताए ।

शनिबार राति प्रशारण भएको कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्ताको क्रममा अब आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्रीको लागि तयार योग्य रहेको र त्यसैको तयारीमा आफूहरु रहेको बताए ।विगत लामो समयदेखि एकै व्यक्तिहरु प्रधानमन्त्रीको कुर्सीमा रहेको बताउँदै आगामी निर्वाचनबाट सम्मानजनक बिदा गरेर आफूहरु नेतृत्वको लागि अघि आउने तयारी गरिरहेको भनाइ रहेको छ ।

तपाइँ अहिले प्रधानमन्त्रीको लागि योग्य हुनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा सांसद थापाले पूर्वप्रधानमन्त्रीहरुले अब पुनः प्रधानमन्त्री नभइ नयाँलाई पालो दिनुपर्ने उनको जोड रहेको छ ।पूर्वप्रधानमन्त्रीहरुले राजनीतिमा धेरै ठूलो योगदान दिए पनि अब भने नयाँ पुस्ताको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने थापाको जिकिर रहेको छ ।

‘अफ कोर्ष, एस । एटेम्पट गर्ने हो, कहाँ सोच्ने हो यसपालि त । कहाँ सोचको कुरा गरेको ? एटेम्पपट गर्ने हो । सकिन्छ सकिँदैन थाहा छैन । मेरो पहिलो कुरा के हो भने नेपालको जति पनि पूर्व प्रधानमन्त्रीहरु हुनुहुन्छ अब फेरि यो चुनावपछाडि कोही पनि व्यक्ति जुनसुकै पार्टीको होस् उहाँहरु कोही पनि नेपाललाई प्रधानमन्त्री भइदिएर गुन लगाइदिनुपर्ने कारण छैन ।’, उनले भनेका छन्, ‘उहाँहरुको नेपालको राजनीतिमा योगदान छैन भन्ने होइन धेरै ठूलो छ, मेरो आफ्नो बुझाइ छ । हामी संविधान ल्याइदिनुभयो सकियो । अब हामी तपाइँहरुले ल्याइदिनुभएको जमिनमा हामी आयौँ नयाँ साथीहरु आइराख्नुभएको छ । अब हामीलाई मौका दिनुहोस् न एकपटक, हाम्रो जेनेरेसनको साथीहरु प्रतिस्पर्धा गर्छौँ । अब त हामीले पनि केही अनुभव गरेर आइसक्यौँ । सक्यौँ भने डेलिभर गर्छौँ नसके हामीलाई हटाएर अर्को आउँछ ।’

त्यसैगरी पार्टीमा नेतृत्व चयन प्रक्रिया र सदस्यता वितरण प्रक्रियालाई समेत परिवर्तन गरि नयाँ ढंगले पार्टी सञ्चालनको तयारी गरिरहेको समेत उनको भनाइ रहेको छ ।

विद्यार्थी राजनीतिबाट उदाउँदै २०६३/०६३ को जनआन्दोलनबाट थप राजनीतिक उचाइ बनाएका पुगेका थापा पार्टीको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका छन् । २०६४ सालको संविधान सभाको निर्वाचनमा समानुपातिकबाट सांसद भएका थापा २०७० र २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित सांसद बनेका छन् । भने कांग्रेस माओवादीको संयुक्त सरकार रहेका बेला स्वास्थ्यमन्त्रीको रुपमा समेत काम गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय