काठमाडौँमा अब घर भाडामा लगाउँदा कम्पनीमार्फत लगाउनुपर्ने

काठमाडौँ महानगरपालिका भित्र घर र जग्गा भाडामा लगाउने काम कम्पनीमार्फत हुने भएको छ ।

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभा बैठकमा प्रस्तुत गर्दै घर र जग्गा भाडाको काम कम्पनीमार्फत गराउने बताएका हुन् ।

घरजग्गा बहालमा लगाउँदा भाडामा लिनेले तिर्ने रकम एउटा हुने र उक्त घर तथा जग्गा भाडामा लगाउँदा भएको आम्दानी वापत घर तथा जग्गा धनीले तिर्ने आयकरमा अपारदर्शीता बढेको भन्दै महानगरले कम्पनीमार्फत भाडामा लगाउने व्यवस्थाको घोषणा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय