हवाई भाडा बढ्यो, धनगढीको अधिकतम भाडा १६ हजार ८ सय रुपैयाँ (सूचीसहित)

काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ ।

वायु सेवा सञ्चालक सङ्घले पर्सि बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको छ । नयाँ भाडाअनुसार सबैभन्दा धेरै काठमाण्डौ–धनगढी रुटको भाडा आठ सय ४० रुपैयाँले बढेको छ । काठमाण्डौ–धनगढी रुटमा हवाई सेवा प्रदायकले अधिकतम १६ हजार आठ सय पाँच रुपैयाँसम्म लिन पाउनेछन् ।



यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा एक सय ७० रुपैयाँले बढेर अधिकतम चार हजार एक सय ९५ रुपैयाँ पुगेको छ ।

आयल निगमले गए रातिदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको भाउ प्रतिलिटर १९ रुपैयाँले बढाएको छ । यस्तै विमानस्थल शुल्क पनि अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच सय तथा अन्यमा चार सय र तीन सय रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय