दोर्दी खोला जलविद्युतको आइपीओ बाँडफाँट हुने मिति तय, १३ लाख ६३ हजारको हात खाली

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ बुधबार (असार ८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा बुधबार (असार ८ गते) बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यता, दोर्दी खोला जलविद्युतको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

जसमा २ लाख १ हजार ९८६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ६२ हजार ५३६ जनाको भने हात खाली हुनेछ । यसमा कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर जारी गरेको हो । यो मध्ये ५% अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामुहीक लगानी कोष र ३% अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय