सांसदको छोरो टपर भएको न्यूज आउँदैन, गाडीले मान्छे मारेको आउँछ : सांसद कार्की

विराटनगर । प्रदेश १ कि सांसद विन्दिया कार्कीले सांसदहरुको सकारात्मक समाचार नआएर नकारात्मकमात्रै आएको दाबी गरेकी छन् । विराटनगरको रत्न होटलमा आयोजित एक कार्यक्रममा सांसद कार्कीले गलत कुरामा मात्रै मिडिया र पत्रकारले ध्यान दिएको तर्क गरेकी हुन् । उनले भनिन, ‘सांसदको छोरो टपर भएको न्यूज आउँदैन, गाडीले मान्छे मा,रेको आउँछ ।’ सांसद कार्कीका छोरा रोविन कार्कीले २०७८ जेठ २० गते बिहीबार राति साढे ७ बजे चलाएको प्रदेश ३-०१-००२ च २१३९
नम्बरको कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको निधन भएको थियो। अदालतले दोष देखाए पनि कार्कीले अस्पताल बसेर म्याद गुजारेका थिए ।

एसपिपी अघि नबढाउने सरकारको निर्णय
काठमाडौँ, ७ असार । नेपाल सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णयसमेत गरेको छ ।



यसैगरी बैठकले राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्ष पदमा वरिष्ठ पत्रकार धमेन्द्र झा (धनुषा)लाई नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो जानकारी दिनुभएको हो । राससका नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

मन्त्रिपरिषद्ले बैठकले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पु¥याएको योगदानको कदरस्वरुप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

उहाँले नेपाल वायु निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचबुझको कार्य अघि बढाउने सरकारले निर्णय गरेको बताउनुभयो ।सरकारले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय