रवि लामिछाने राजनीतिका लागि योग्य छैनन्ः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्- ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’ चर्चित पत्रकार रवि लामिछाने राजनीतिमा प्रवेश गरेसँगै उनले घोषणा गरेको पार्टी र सिद्धान्तलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरुले टिकाटिप्पणी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय