अर्थतन्त्रबाट ताट पल्टेको घोषणा गरेपनि श्रीलंकाको सेयर बजार भने उकालो!

पछिल्लो समय नेपालमा श्रीलंकाको चर्चा परिचर्चा निकै हुने गरेको छ। विशेषगरी त्यहाँको अर्थतन्त्रमा देखिएका गम्भीर समस्याहरुका कारण श्रीलंकाका आम जनताले भोग्नु परेको कष्टको बारेमा नेपालमा मात्र नभई समग्र विश्वमै चर्चा परिचर्चा हुने गरेको छ।

नेपालका मन्त्री, गभर्नर, नेतादेखि बुद्धिजीवि सम्मले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो भयावह हुन सक्ने भन्दै चेतावनी दिईरहेका छन्। त्यसैले पनि आम नेपाली सर्वसाधारणमा श्रीलंकाप्रतिको चासो निकै बढेको पाईन्छ।

तर यहाँ उठाउन खोजिएको प्रसङ्ग अर्कै छ।

श्रीलंकाको अर्थतन्त्र ईतिहासकै नाजुक अवस्थामा छ। अर्थतन्त्र यो अवस्थामा हुँदा त त्यहाँको सेयर बजार त निकै नै घटेको होला नि ! वा जिरोमै पो झरिसक्यो कि ! यस्त्तो जिज्ञासा तपाईंमा पनि होला।

तर अचम्मको कुरो श्रीलंकाको सेयर बजारमा हरियाली छाएको छ। यो लेख तयार पार्दाको बखत कोलम्बो स्टक एक्सचेन्जको सूचक ४३ अंकले बढेर ७५५६ को बिन्दुमा छ।
फेरी अर्को कुरा उठ्न सक्छ हाम्रो जस्तो ब्याजदर बढेको छैन होला नि त श्रीलंकामा। त्यहि भएर बजार बढेको होला।

श्रीलंकामा ब्याजदर पनि निकै उच्च छ। त्यहाँको केन्द्रिय बैंकले बैंक/वित्तिय संस्थाहरुलाई छोटो समयका लागि प्रदान गरिने लोन (एसफएल) को ब्याजदर नै १४.५% छ। जबकि नेपाल राष्ट्र बैंकले ७% मा एसएफएल प्रदान गरिरहेको छ। प्राइभेट बैंकहरुले कर्जामा २८% सम्म ब्याज लिईरहेका छन्। नेपालमा १५% भन्दा माथि ब्याजदर पुगेको छैन।

हरेक कुरामा नेपालको अवस्था निकै सहज छ तर सेयर बजारको कुरा गर्ने हो भने केहि समयअघि बनेको उच्चतम बिन्दुबाट श्रीलंकाको बजार आजको मितिमा आईपुग्दा करिब ४४% ले घटेको छ भने नेपालको सेयर बजार ४३% ले घटिसकेको छ।

यस्तो किन त ?

टाट पल्टिईसकेको मुलुकको जत्ति नै हाम्रो सेयर परिसूचक खस्नुपर्ने तात्विक कारण के छ त्यस्तो ? के नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै भैसकेको हो त ? यो गम्भीर बहसको विषय बनेको छ।

सबैभन्दा ठूलो कुरा लगानीकर्ताहरुको मनोबल हो। श्रीलंकाको जनतालाई भर्खरै बनेको नयाँ सरकारले मुलुकलाई सम्हाल्छ र अर्थतन्त्र फेरी राम्रो अवस्थामा आउनेछ भन्ने विश्वाश छ। त्यहाँको सम्हालिएको सेयर बजारले कम्तिमा यत्ति चाहिँ संकेत गरेको छ। त्यहाँको केन्द्रिय बैंक, सरकार र धितोपत्र सम्बन्धि निकायहरु पनि सेयर बजारप्रति सकारात्मक छन् र सेयर बजारलाई डुबाउने नीति अंगाल्ने गर्दैनन्।

हाम्रोमा सबै ठिक उल्टो छ।

श्रीलंकाको र नेपालको सेयर बजारलाई गहिरीएर हेर्दा यत्ति चाहिँ ढुक्कले भन्न सकिन्छ कि नेपालको अहिलेको सेयर बजार घट्नुको कारण अर्थतन्त्रको अवस्था र बढ्दो ब्याजदर मात्रै चाहिँ पक्कै होइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय