सान्जेन जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं : सान्जेन जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावितको लागि ३६ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ ।

कम्पनीले यसअघि ५४ करोड ७५ लाख रूपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेययर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ । कम्पनीले हाल रसुवा जिल्लाको सान्जेन खोलामा अपर सान्जेन (१४.८ मेगावाट) र सान्जेन जलविद्युत आयोजना (४८.५ मेगावाट) निमार्ण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय