रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता : के–के भयो छलफल ?

काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्विरसहित भेटघाटको जानकारी गराएको हो । दुई पार्टी पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको छ ।
नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं-१ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

लामिछानेले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपनि खरेलसँग भेटवार्ता गरेका हुन् । उनले भने, ‘भेटघाट भइहाल्छ । सामान्य भेटघाट हो । कफी भेट भनेर बुझौन ।’ अब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग कफी भेटघाटको तयारीमा रहेको उनले बताए । लामिछानेसँगको भेट पनि कफी भेटघाट नै भएको खरेलले बताए ।


भेटघाटका क्रममा आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको उनले बताए । खरेल आगामी संसदीय चुनावमा काठमाडौं–१ बाट उम्मेदवारी दिने तयारीमा छन् भने लामिछानेले उपयुक्त समयमा निर्वाचित क्षेत्र तय गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय