ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी बेच्न रोक

ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी बेच्न रोक लगाउने भएको छ। हालै पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले महानगर भित्रका सडकमा पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ।

आजदेखि माइकिङ गर्दै नगर प्रहरीले पानी पुरी बेच्न रोक लगाएको हो। ‘हामी आज महानगर भित्रका हरेक सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी बेच्न रोक लगाएका छौ’, नगर प्रहरी प्रमुख सिताराम हाथेछुले भने, ‘भोलिदेखि पनि कसैले सडकमा पानी पुरी, चटपटे बिक्री गरिएको पाइए नियन्त्रणमा लिनेछौ।’

उनले सडक पेटी, खुला ठाउँमा बिक्री हुने पानी पुरी भएको भन्दै यसबाट रोग लाग्ने भएकाले हटाउन थालिएको हो। यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने र दिनै पर्ने भएमा चेक गरेर मात्र बेच्न दिने नगर प्रहरी प्रमुख हाथेछुले जानकारी दिए।

यसअघि काठमाडौंको बागबजारमा पानीपुरीको पानीबाट हैजा फैलिएको स्वास्थ्य मन्त्रालयले निष्कर्ष निकालेको थियो। हैजा फैलिएर महामारी बन्न सक्ने भन्दै महानगरले सबैलाई सतर्क रहन आग्रह गरेको छ।

मन्त्रालयले सुरक्षित हुन पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बेलाबेलामा हात सफा गर्न, खानेकुराको सरसफाइ गर्न र खुला रुपमा दिसापिसाब नगर्न महानगरले अनुरोध गरेरको छ। शौचालयको प्रयोग पछि अनिवार्य साबुन पानीले हात धुन पनि महानगरले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय