घट्यो गाडी भाडा

इन्धनको मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा ७ प्रतिशतसम्म घटेको छ । डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँले घटेपछि सार्वजनिक सवारीसाधनको भाडा पनि घटेको हो ।

यातायात व्यवस्था विभागले आइताबार सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा ७ प्रतिशतसम्म घटाएको छ ।

विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडा ५.४१ प्रतिश घटेको छ । पहाडी क्षेत्रमा चल्ने मालबाहक सवारी साधनमा ६.९७ प्रतिशत भाडा घट्दा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.६८ प्रतिशत भाडा घटेको छ ।

सरकारले शनिबार पेट्रोल प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय