आदर्श लघुवित्तको आईपिओ बाँडफाँड मिति तय ,

आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा अन्तिम दिनसम्म पनि आवेदनको ओइरो लागेकाे थियो ।

बि.ओ.के क्यापिटलका अनुसार सबै सक्नु पर्ने काम सकेको र अलोटमेन्ट भोलि १३ गते आईपिओ बाँडफाँड उक्त क्यापिटलकै कार्यालयमै ९ बजे गर्ने तयारी रहेको कुरा मेरो शेयेरबजारसँग बताएका छन्

हालको अवस्था हेर्ने हो भने आदर्श लघुवित्तको आईपिओ पर्ने सम्भावना भनेको जम्मा ० दशमलब ३४ ले मात्र १० कित्ताका दर ले पाउने छन् भने बाकी ९९ दशमलभ ६४ को हात खाली जाने छ।

सीडीएसका अनुसार अन्तिम दिन आइतबार साँझ ५ बजेसम्म १७ लाख ९६ हजार ६ सय ८४ जना आवेदकहरुले २ अर्ब १ करोड ४२ लाख ६१ हजार रूपैयाँ बराबरकाे २ करोड १ लाख ४२ हजार ६ सय १० कित्ताका लागि आवेदन दिएका थिए ।


संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरकाे ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय