आदर्श लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै, यसरी हेर्नुस् रिजल्ट



काठमाडौं : आदर्श लघुवित्तको आइपीओ आज सोमबार (असार १३ गते) बाँडफाँट गरिंदैछ । बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यता, आदर्श लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ३२३.४२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ६ हजार २६१ जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी १८ लाख ८६२ जनाको भने हात खाली हुनेछ । यसमा
कुल १८ लाख ७ हजार १२४ जनाले २ करोड २ लाख ५० हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब २ करोड ५० लाख ९८ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

कसरी हेर्ने त रिजल्ट ???
आदर्श लघुबित्तको रिजल्ट हेर्न २ माध्यम छ्न-

१.सि.डि.यश.सि को वेबसाईट : https://iporesult.cdsc.com.np/ २.बीओके क्यापिटलको वेबसाईट :- https://bokcapital.com.np/allotment/p


यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिने व्यवस्था रहेको थियो ।

रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय