आदर्श लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न  , रिजल्ट यसरी हेर्नुहोस्

काठमाडौं : आदर्श लघुवित्तको आइपीओ आज सोमबार (असार १३ गते० बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको बिक्री बीओके क्यापिटलले जानकारी गराएको छ ।

आईपिओको नतिजा :

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । आईपिओ प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।  जस अनुसार बिक्रि प्रबन्धकबिओके क्यापिटलको वेबसाइट https://bokcapital.com.np/ , सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र आदर्श लघुवित्त कम्पनीको वेबसाइट https://www.adarshamicrofinance.com/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।



आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ५% अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी ६२ हजार ६१५ कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, आदर्श लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय