गगन थापाले डा. शेखर कोइरालाको गुट छाडे

काठमाडौं, १६ असार । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले डा. शेखर कोइरालाको गुट छाडेका छन् । उनी पछिल्लो समय शेखर गुटको भेलामा जान छाडेका छन् । आज वत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको शेखर गुटको भेलामा पनि गगन देखिएनन् ।
थापा शेखर कोइरालाको समूहबाट महामन्त्री निर्वाचित भएका थिए । तर, पछिल्लो समय उनी बुढानिलकण्ठसँग पनि नजिकिएका छन् ।गगन थापाले आफ्नै गुट तयार गरेको बुझिएको छ । उनले काँग्रेसभित्रका युवाहरुको ठूलो समूहलाई साथ लिएर सक्रियता बढाएका छन् । थापाले आफू देशको भावी प्रधानमन्त्री बन्ने सन्देश प्रवाह गरिरहेका छन् ।काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट दुई पटक निर्वाचित भइसकेका थापा यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । युवाहरुको पक्षमा लहर नै आइरहँदा थापाले देशभर काँग्रेसबाट युवाहरुले उम्मेदवार बन्ने माहोल तयार गर्न खोजिरहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय