काठमाण्डाै नगर प्रहरीकाे दादागिरी ,मकै बेच्नेलाई लछारपछार (भिडियाेसहित)

काठमाण्डाै – काठमाण्डाैकाे बालुवाटारमा फुटपाथमा मकै बेच्ने एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेकाे छ ।

आज शुक्रवार दिउँसाे मकै बेच्ने महिलामाथि बालुवाटारमा काठमाण्डाै नगर प्रहरीले लछारपछार गर्दै ज्यादती गरेकाे हाे । सामाजिक सञ्जालमा अहिले त्याे भिडियाे भाइरल भएकाे छ ।

एक जना वृद्ध पुरुष र ती महिलाले ठेला नलैजान अनुराेध गर्दा गर्दै पनि नगर प्रहरीले लछारपछार गर्दै ठेला गाडीमा हालेकाे भिडियाेमा देख्न सकिन्छ । अहिले नगर प्रहरीकाे त्याे ज्यादतीलाई लिएर सामाजिक सञ्जालमा चर्काे आलाेचना भइरहेकाे छ ।

यसअघि काठमाण्डाै महानगरपालिकाले बेलुका ६ बजेपछि मात्रै फुटपाथमा व्यापार गर्न पाउने बताएकाे थियाे । यद्यपि साना व्यापारीले भने महानगरले दुःख दिँदै आएकाे गुनासाे गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय