गगन थापा भन्दा म पहिले प्रधानमन्त्री बन्छु – दुर्गा प्रसाई

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईंले आफू गगन थापाभन्दा पहिले प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा उनले आफू गगन थापाभन्दा पहिले प्रधानमन्त्री बनेर देखाउने बताएका हुन् । उनले भोट नै गर्नै हो भने पनि अहिले गगन थापालाई भन्दा दुर्गा प्रसाईंलाई बढि भोट आउने बताए ।


आफूले स्वास्थ्य क्षेत्रमा निक्कै राम्रो काम गरेको तर गगन थापाले भुक्ने काम मात्रै गरेको भन्दै उनले गम्भीर आरोपसमेत लगाए ।गगन थापाका कारण स्वास्थ्य र शिक्षा क्षेत्र तहस नहस भएको भन्दै उनले आफू नै नेपाली राजनीतिमा सबैभन्दा ठिक व्यक्ति भएको दाबी गरे ।

गिरिराजमणी पोखरेल, नारायणकाजी श्रेष्ठ, गगन थापाको डिजाइनमा उच्च शिक्षाको नाममा नेपालीहरु अध्ययनका लागि बाहिर जानुपरेकोसमेत उनले आरोप लगाए ।नेपालमा जन्मिएर काम गर्न र पढ्न बाहिर जानुपर्ने आवस्था सिर्जना भएको भन्दै उनले यो सबै हुनुमा नारायणकाजी श्रेष्ठ र गगन थापाहरुको हात रहेको बताए ।

रवि लामिछानेप्रति टिप्पणी गर्दै उनले नयाँ साधुले खरानी धेरै घस्ने बताए । अर्कालाई मुख छाड्ने काम मात्रै गरेको र रोजगारी दिने काम नगरेको भन्दै उनले रविले भन्दे आफूले धेरै राम्रो काम गरेको बताए ।

रविले आफू नैतिकतामा बसेको छ कि छैन आफूले आफैंले खोज्नुपर्ने भन्दै उनले हिजो अरुको विषयमा बोल्ने रवि लामिछाने अब प्रश्नहरुको सामना गर्नुपर्ने अवस्थामा आइपुगेको बताए ।

उनले गोविन्द केसीलाई दलालको संग्या दिए । उसैको कारणले यो देशमा नर्स पढ्न नपाएको र विदेश जानुपर्ने आवस्था आएको बताए ।केसीका कारण १० हजार नर्स भारतमा गएका भन्दै उनले १५० वटा नर्सिङ सेन्टर केसीका कारण बन्द भएको दाबी गरे ।

यस्तै नेकपा माओवादी केन्द्र र देशको हालत यो अवस्थामा ल्याउनुमा नारायणकाजी श्रेष्ठको ठूलो हालत भएको उनले बताए । स्वास्थ्य र शिक्षा क्षेत्र तहस नहस बनाउने उनै भएको पनि उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय