ङादी ग्रुप पावरको १५०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं : ङादी ग्रुप पावरको १५०% हकप्रद सेयर सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन हो । कम्पनीले हकप्रद सेयरका लागि सोमबार असार २० गते बुक क्लोज गर्दैछ । तसर्थ, आज आइतबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले जारी गर्न लागेको हकप्रदको दाबी गर्न पाउनेछन् ।

कम्पनीले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागेको हो । ङादीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५०% हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयरमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय