गलत मान्छेको हातमा देश पर्‍यो भने अहिलेको जस्तै अवस्था हुन्छ – ओली

काठमाडौं, १९ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता अनुकरणीय र अनुशरणीय हुनु पर्ने बताउनुभएको छ ।एमाले निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय सभा बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता अनुशरणीय भएन भने संगठन र देश बरबाद हुने बताउनुभयो ।

‘गलत मान्छेको हातमा देश पर्‍यो भने अहिलेको जस्तै अवस्था हुन्छ’, ओलीले भन्नुभयो ।ओलीले जे जिम्मेवारी पाएको छ, त्यसमा अब्बल हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।


किसान महासंघको सदस्यको खेती सबैको भन्दा अब्बल हुनु पर्ने ओलीले बताउनुभयो । किसान महासंघको सदस्य कार्ड देखाएर होइन उसको खेती देखेर चिनिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

सबैभन्दा कक्रिएको बाली महासंघको सदस्यको हो भन्ने अवस्था नआओस् भन्ने कुरामा उहाँले सचेत गराउनुभयो ।ओलीले पैसा भएर वा धनी भएर विकास नहुने नहुने बताउनुभयो । उहाँले विकास गरेर धनी हुनुपर्ने बताउनुभयो । ‘हामीले विकास गर्नुपर्छ, धनी होइन्छ, धनी हुने बाटो विकास हो’, ओलीले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय