महानगर प्रहरीले ठेला उठाएका दम्पतीलाई कांग्रेस नेताले गरे सहयोग

काठमाडौं । शुक्रबार बालुवाटारमा फुटपाथमा मकै बेचेको भन्दै एक दम्पत्तिलाई लछारपछार गरेपछि महानगर प्रहरीको आलोचना भइरहेको छ।

काठमाडौं महानगरपालिकाले उपत्यकामा हैजा फैलिने भन्दै फुटपाथमा पसल थाप्न रोक लगाएको थियो। महानगरको सो निर्णयपछि प्रहरीले ती दम्पत्तिलाई नियन्त्रणमा लिएको हो।

यसैबीच, काठमाडौं महानगर प्रहरीले ठेला उठाएका दम्पतीलाई कांग्रेस नेता मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची-१० का चेतेन्द्र आचार्य दम्पतीलाई बस्नेतसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले ५१ हजार रूपैया सहयोग गरेका हुन्।

महानगरका प्रहरीले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताए।

उनले सवारीसाधानको आवतजावत र सर्वसाधारणको आवातजावतमा समस्या नहुने गरी व्यवसाय गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय