पार्टीकै बदनाम गरेको भन्दै प्रचण्डले लिए अर्थमन्त्री शर्मा माथि एक्सन !

काठमाडौं – पार्टीकै बदनाम गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थमन्त्री जर्नादन शर्मामाथि एक्सन लिएका छन् । उनलाई अर्थमन्त्रीबाट हटाउने भन्दै एक्सन लिएका हुन् ।त्यसका लागि प्रचण्डले छलफल थालेका छन् । दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटासँग छलफल गर्ने भएका हुन् ।

बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको भन्दै शर्मामाथि निरन्तर आलोचना हुन थालेपछि यसबारे मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल भएको थियो ।‘अर्थमन्त्रीबारे धेरै कुरा आएपछि अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गर्छु भन्नु भएको छ,’ एक पूर्वस्थायी समिति सदस्यले भने, ‘बैठकमा यसबारे अरु केही छलफल भएन । धेरै कुरा पार्टीको संगठन निर्माणबारे नै भए।’


प्रचण्डले आज विहान अर्थमन्त्री शर्मालाई भेटेर के भएको हो भन्दै जिज्ञासा राखेका थिए । शर्माले प्रधानमन्त्री देउवाको निर्देशनमा ती व्यक्तिलाई मन्त्रालयमा प्रबेश दिएको जवाफ दिएका थिए ।प्रमुख विपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै संसददेखि सडकसम्म आवाज उठाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय