म राजीनामा दिन्नँ : अर्थमन्त्री शर्मा

काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । पछिल्लो समय अर्थमन्त्री शर्माको राजीनामा मागिएको छ। तर, मन्त्री शर्माले भने कुनैपनि हालतमा आफूले राजीनामा नदिने प्रतिक्रिया दिएका छन् ।

रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले भने,‘मैले किन राजीनामा दिने ? के गल्ती गरेको छ र ?’ माओवादी केन्द्रको आज विहान बसेको सचिवालय बैठकमा समेत अर्थमन्त्री शर्माले राजीनामा दिन नपर्ने कुरा उठेको थियो ।


कांग्रेसकै सांसद गगनकुमार थापाले अर्थमन्त्रीको राजीनामा मागेको बेलामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने अर्थमन्त्री हटाउने पक्षमा छैनन् । उनीहरुले एमालेले भन्दैमा अर्थमन्त्रीले किन राजीनामा दिनुपर्ने भन्दै आफ्नो काममा केन्द्रित हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय