सर्बोत्तम सिमेन्टको आईपिओलाई नयाँ मुल्य ५०१ रुपैयाँ, संस्थागत लगानीकर्ताले अधिकतम ७२१ रुपैयाँसम्ममा शेयर पाउने

बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको अधिकतम बिक्री मूल्य ७२१ रुपैयाँसम्म हुने भएको छ। कम्पनीले मागेको आशय मूल्यको बिँड ओपनिङमा आएको मूल्यको आधारमा उक्त मूल्यमा शेयर पाउन सक्ने देखिएको हो।

शुक्रवार नेपाल स्टक एक्सचेन्जको कार्यालयमा कम्पनीले मागेको आशय मूल्यको बिँड खोलिएको थियो। जसमा ५०१ रुपैयाँको कट अफ प्राइस निस्कियो। निष्कासन गरिएको सबै शेयर ५०१ रुपैयाँमा बिक्ने गरी आवेदन परेपछि उक्त मूल्य कट अफ प्राइसको रुपमा आएको हो।

योग्य संस्थागत लगानीकर्ताको लागि कम्पनीले २४ लाख कित्ता शेयर छुट्टाएको थियो। जसको लागि कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग आशय मूल्य माग गरेको थियो। गत असार २० गतेदेखि मागिएको आशय मूल्य दिने समय शुक्रवार दिउसो साढे एक बजे सकिएको थियो। शुक्रवारसम्म ६५ संस्थागत लगानीकर्ताले आशय मूल्यकालागि आवेदन दिएका थिए। जसको नतिजा शुक्रवार नै निकालिएको थियो।


अब कम्पनीले सोही आशय मूल्यको आधारमै पुनः आधार मूल्य निकाल्ने छ भने सोही आधार मूल्यको आधारमा बिक्री मूल्य सहित नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिने छ। कम्पनीले शुक्रवार खोलेको बोल कबोलको नतिजा अनुसार ५०१ रुपैयाँमा सबै शेयर बिक्री हुने देखिएकोले सोही मूल्यमा २० प्रतिशत थप गरेर कम्पनीले आधार मूल्य तय गर्ने छ। ५०१ रुपैयाँमा २० प्रतिशत थप गर्दा ६०१ रुपैयाँ २० पैसा हुने छ। जुन आधार मूल्य हुने छ। सोही आधार मूल्यमा २० प्रतिशत थप गर्दै कम्पनीले अधिकतम बिक्री मूल्य तोक्ने छ। यस आधारमा कम्पनीको अधिकतम बिक्री मूल्य ७२१ रुपैयाँ ४४ पैसासम्म हुन सक्ने देखिएको हो।

तर कम्पनीले भने के कति मूल्य तय गर्छ भन्ने कुरा अझै सार्वजनिक गरेको छैन। तर शुक्रवार तय भएको मूल्य अनुसार भने कम्पनीको सम्भावित बिक्री मूल्य अधिकतम ७२१ रुपैयाँ ४४ पैसासम्म हुने छ। उक्त मूल्यसम्म बिँड गर्नेले शेयर पाउने छन्। तथापि कम्पनीको सबै शेयर कम्तीमा ६०१ रुपैयाँ देखि ७२१.४४ पैसा सम्म बिक्री हुने निश्चित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय