२७ वटा कम्पनीको आईपीओ जारी गर्ने क्रम अन्तिम चरणमा, विवरण येस्तो छ

काठमाडौं । विभिन्न २७ कम्पनीे आईपीओ निष्कासनको तयारीमा रहेका छन् । आईपीओ निष्कासनका लागि यी कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा रहेका यी कम्पनीहरुले बोर्डबाट अनुमति पाएसँगै सर्वसाधारणहरुमा साधारण सेयर (आईपीओ) जारी गर्ने छन् ।

आईपीओका निष्काशनको लागि रहेका कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, १५ वटा हाइड्रोपावर कम्पनी, ६ वटा लघुवित्त कम्पनी र अन्य समूहअन्तर्गत रहेका डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, कालिन्चोक दर्शन कम्पनी, हाथवेय इन्भेष्टमेन्ट नेपाल र सिटी होटल्स लगायतका कम्पनीहरु रहेका छन् । आईपीओ निष्काशनको पर्खाइमा रहेका कम्पनीहरु निम्न रहेका छन् ।

१) आत्मनिर्भर लघुवित्त वित्तीय संस्था

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता साधारण सेयर आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डबाट स्वीकृति पाएसँगै यो कम्पनीले सर्वसाधारणहरुमा आईपीओ जारी गर्ने छन् ।

२) धौलागिरी लघुवित्त वित्तीय संस्था

धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासनका लागि बोेर्डमा निवेदन दिएको छ ।

३)अभियान लघुवित्त वित्तीय संस्था

अभियान लघुवित्त वित्तीय संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ३ लाख ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डको स्वीकृतिको पर्खाइमा रहेको छ ।

४) खप्तड लघुवित्त वित्तीय संस्था

खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता साभारण सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।

५) सिर्जनशिल लघुवित्त वित्तीय संस्था

सिर्जनशिल लघुवित्त वित्तीय संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डको स्वीकृतिको पर्खाइमा रहेका छ ।

६) बीपीडब्लु लघुवित्त वित्तीय संस्था

बीपीडब्लु लघुवित्त वित्तीय संस्था कम्पनीले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आईपीओ जारी गर्न बोर्डमा निवेदन दिएको छ ।

७) रिलायबल लाइफ इन्स्योरेन्स

रलायबल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको छ । लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ प्रतिकित्ता ११२ रुपैयाँ (प्रिमियमसहित) को मूल्य रहने जनाईएको छ । बोर्डको अनुमतिसँगै कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने छ ।

८) आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।

९) डिस मिडिया नेटवर्क लिमिटेड

डिस मिडिया नेटवर्क लिमिटेडले पनि आईपीओ निष्काशनको लागि बोर्डको स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ जारी गर्ने छ ।

१०) मुक्तिनाथ कृषि कम्पनी

मुक्तिनाथ कृषि कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।

११) कालिन्चोक दर्शन

कालिन्चोक दर्शनले स्थानीय र सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ ।

१२) हाथवेय इन्भेष्टमेन्ट नेपाल लिमिटेड

हाथवेय इन्भेष्टमेन्ट नेपाल लिमिटेडले पनि १४ करोड ६२ लाख ५० रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्नको लागि बोर्डमा निवेदन दिएको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।

१३) सिटी होटल्स

सिटी होटल्स कम्पनीले १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डको स्वीकृतिको पर्खाइमा रहेको छ ।

१४) कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको दुई लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।

१५) माया खोला हाइड्रोपवर कम्पनी

माया खोला हाइड्रोपवर कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ ।

१६) भूगोल इनर्जी डेभलपमेन्ट

भूगोल इनर्जी डेभलपमेन्टले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा रहेको छ ।

१७) मकर जीतुमाया सुरु हाइड्रोपावर

मकर जीतुमाया सुरु हाइड्रोपावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।

१८) इङवा हाइड्रोपावर कम्पनी

इङवा हाइड्रोपावर कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ ।

१९) सुपरमादी हाइड्रोपावर कम्पनीले

सुपरमादी हाइड्रोपावर कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

२०) मोलुङ हाइड्रोपावर कम्पनी

मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।

२१) थ्री स्टार हाइड्रोपावर लिमिटेड

थ्री स्टार हाइड्रोपावर लिमिटेडले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्न लागेको छ ।

२२) एशियन हाइड्रोपावर लिमिटेड

एशियन हाइड्रोपावर लिमिटेडले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ ।

२३) सिलेक्स हाइड्रोपावर लिमिटेड

सिलेक्स हाइड्रोपावर लिमिटेडले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर निष्कासनका लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेको छ ।

२४) सुपरमाई हाइड्रोपावर लिमिटेड

सुपरमाई हाइड्रोपावर लिमिटेडले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर निष्कासनको तयारीमा रहेको छ ।

२५) स्टर्न हाइड्रोपावर लिमिटेड

स्टर्न हाइड्रोपावर लिमिटेडले १२ करोड ४० लाख बराबरको १२ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको छ ।

२६) पिपुल्स पावर लिमिटेड

पिपुल्स पावर लिमिटेडले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता साधारण सेयर जारी गर्न धितोपत्र बोर्डको अनुतिको पर्खाइमा रहेको छ ।

२७) बाराही हाइड्रोपावर

बाराही हाइड्रोपावरले ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशनको लागि पिधतोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डले अनुमति दिएसँगै कम्पनीले आईपीओ जारी गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय