हिमालयन हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै

काठमाडौं : हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ आज मंगलबार बिहान ८ः३० बजे बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्न लागिएको हो । यता, हिमालयन हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ ।

यसमा मागभन्दा १०ः१० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा १ लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ३२ हजार ८०२ जनाले १ करोड ८४ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८४ करोड ८८ लाख ४५ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

कम्पनीले असार १५ गतेबाट १९ गतेसम्म १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय