इन्द्रेणी मसरुम फार्मले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको हो ।

उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

नेपालमा च्याउ खेतीको शुरुवात भएको लामो समयावधि व्यतित भई सकेको भएता पनि आद्युनिक च्याउ खेतीको विकास र विविध चरणमा च्याउ उद्योगले प्रयास गरिएको भएता पनि सफल हुन नसकिएको अवस्थामा इन्द्रेणी मसरुम फार्मले नेपालमा पहिलो पटक आद्युनिक प्रविधि भित्र्याई च्याउ उत्पादन गर्न सफल भएको छ । इन्द्रेणी मसरुम फार्मको उद्देश्य अनुसार नेपालमा गुणस्तरिय च्याउ उत्पादन गर्ने योजना बनाई उक्त कम्पनीले स्थापनादेखि द्रुत गतिमा आफ्नो क्षमता वृद्धि गर्दै आईरहेको छ । कम्पनीले आद्युनिक च्याउ फार्म शुरु भएको केही समयमै ऐतिहासिक रुपमा नयां प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न शुरु गरेको छ र हाल दैनिक रुपमा च्याउ उत्पादन गर्दै आईरहेको छ ।

यस कम्पनीले मकवानपुरको चित्लाङ्गमा च्याउ उत्पादन गर्नुका साथै रिसोर्ट पनि संचालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय