नेप्सेमा २ लघुवित्तको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज बिहिबार २ वटा लघुवित्तको गरि कुल ९ लाख ४३ हजार ७६ दशमलव ९६७५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज मिथिला लघुवित्तको २५ प्रतिशतले हुन आउने ३ लाख ४० हजार ८ सय ७४ दशमलव ३५७५ कित्ता बोनस शेयर तथा आरम्भ चौतारी लघुवित्तको १९.६२ प्रतिशतले हुन आउने ६ लाख २ हजार २ सय २ दशमलव ६१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय