कान्तिपुर टेलिभिजनले आईपिओ निष्काशन गर्ने,

कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणलाई आईपिओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २० औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित कार्यक्रममा कम्पनीले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ ।

कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो । सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष कैलाश सिरोहिया र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्। सम्झौता गर्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आईपीओ जारी हुने बताएका छन्।

अध्यक्ष सिरोहियाले आफुहरुले १९ वर्षसम्म मेहनत गरेर दर्शकको विश्वास जितेको र अब यो सफलतामा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाएर शेयर निष्काशनको तयारीमा जुटेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय