नेप्सेमा आदर्श लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर सुचिकृत भएको छ ।आज सोमबार कम्पनीको २ लाख ७ हजार कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै मंगलबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १२२.८८ रुपैयाँदेखि ३६८.६४ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । मंगलबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको ADLB सिम्बलबाट कारोबार हुने छ ।

कम्पनीले असार १ गतेदेखि असार ५ गते सम्म ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गरेको हो । जस मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको थियो, भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख पुगेको छ । नेपाल धितोपत्र बोर्डले जेठ १० गते मंगलबार कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असोज २० गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय