सर्बसाधारणलाई श्वेतगंगा हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज साउन ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनी सर्बसाधारणलाई २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २२ लाख ७० हजार २५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ १० गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो ।

कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ ।

यो सानिमा समुह अन्तर्गतको कम्पनी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय