हातैले भाँचिने डण्डी बनाएपछि सरकारबाट पुरस्कार ?

शंकर ग्रुप अन्तर्गतको साहिल अग्रवाल मालिक रहेको जगदम्बा स्टिल उद्योगले उत्पादन गरेका फलामे डण्डी २०७७ साल साउनमा हातैले भाँचिए । बालाजुमा घर बनाउन प्रयोग गरिएका जगदम्बा कम्पनीका १६ एमएमका फलामे रड मर्काउँदा हातैले भाँचिएका थिए ।

बालाजुको बोहोराटारमा श्रीकृष्ण भट्टराईले २०७६ माघ १६ गतेबाट घर बनाउन सुरु गरेका थिए । लगत्तै कोरोनाको लहर फैलियो । मुलुक लकडाउनमा गयो । त्यसपछि २०७७ साउनबाट विस्तारै लकडाउन खुकुलो हुँदै गयो । त्यहीँ समयमा श्रीकृष्णले घरको बाँकी कामलाई तीव्रता दिए । तर, उनले घर बनाउँदा प्रयोग गरेको जगदम्बा कम्पनीका १६ एमएमका फलामे रड मर्काउँदा भाँचिए ।

उनै साहिललाई ‘सुप्रबल जनसेवाश्री’

जसको उद्योगले हातैले भाँचिने फलामे डण्डी उत्पादन गरेको थियो, उसैलाई सरकारले विभूषित गरिदिएको छ । त्यो पनि संविधान दिवसमा पदकसहित ।

डण्डी भाँचिएको एक वर्ष पछिको संविधान दिवस २०७८ मा साहिल अग्रवाल सुप्रबल जनसेवाश्रीबाट विभूषित भएका थिए ।

‘राष्ट्र, राष्ट्रियता र समाजप्रति पूर्ण समर्पित भई पु¥याएको विशिष्ट योगदानको कदर स्वरुप तपाई श्री साहिल अग्रवाललाई संविधान दिवस २०७८ का अवसरमा नेपाल सरकारका तर्फबाट सुप्रबल जनसेवाश्री पदकबाट विभूषित गरिएको छ’ राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ बैशाख १ गते प्रदान गरेको विभूषित पत्रको ब्यहोरामा उल्लेख छ ।

यो पनिः
हातैले भाँचियो जगदम्बाको डण्डी, यसरी ठगिए बालाजुका श्रीकृष्ण (भिडियोसहित)
नेपाल उद्योग वाणिज्य महासंघसँग संविधान दिवसमा विभूषित गर्नुपर्ने उद्योगी व्यवसायीहरुको नाम सरकारले मागेको थियो । महासंघबाट आफ्नो नाम नगएपनि सिँधै जनार्दन शर्मा (अर्थमन्त्री भएका बेला)लाई फोन गरेर नाम आफ्नो नाम राख्न लगाउने सम्मको तयारी साहिलले गरेका थिए भन्ने स्रोत बताउँछ ।

तर, महासंघकाशेखर गोल्छाले महासंघको निर्वाचनमा आफूले समर्थन गरेको टिमबाट कार्यकारिणी सदस्यमा पनि निर्वाचित भएको व्यक्ति हुनाले साहिलको नाम पनि पठाईदिएका थिए ।

हाल साहिल महासंघको बैंक, फाइनान्स तथा इन्स्योरेन्स कमिटीको सभापति छन् । अब हुने निर्वाचनमा सिँधै ‘एसोसियट्स उपाध्यक्ष’मा चुनाव लड्ने तयारीमा उनी लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय