धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने

धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने लागेको हो ।

जस मध्ये ५ हजार १ सय ५५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको छ भने १६ हजार ५ सय ५० कित्ता शेयर कर्मचारी तथा सर्बसाधारणहरुलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ९ हजार २ सय ९५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यस निष्काशनमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । यस अघि धौलागिरी लघुवित्तले आंधीखोला लघुवित्तसँग मर्जर सम्झौता गरेपनि मर्जर भाडिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय