राप्ती हाइड्रोको आईपिओ बाँडफाँड मिति तय

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्बसाधारणलाई निष्काशन गरेको हो।

सर्बसाधारणलाई निष्काशन गरिने २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । त्यस्तै ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।

कम्पनीले जेठ २४ गतेदेखि असार १० गतेसम्म आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले यी जिल्लाका स्थानीयलाई आफ्नो जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता शेयर निष्काशन गरेको थियो । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपिओमा आवेदन दिने योग्य आवेदकलाई ५ लाख ७५ हजार १ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय