इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तले पाए आईपिओ निष्काशन अनुमति

इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तले आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते र खप्तडलाई साउन १० गते अनुमति प्रदान गरेको हो ।

इस्टर्न हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।

त्यस्तै खप्तड लघुवित्त वित्तीय संस्था बैशाख ११ गते बोर्डमा आवेदन दिएको थियो । कमपनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड हुनेछ। सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ । शेयर निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय