महिलालाई  “सबै भएको पैसा दे नत्र एसिड छ्याप्छु भन्दै ‘प्र्याङ्क’ गर्ने युवक पक्राउ

नवलपरासी – बाटोमा हिँडिरहेकी महिलासँग गरगहना र पैसा माग्ने र नदिएमा एसिड छ्याप्ने धम्कीसहित ‘प्र्याङ्क’ भिडियो बनाउने युवक पक्राउ परेका छन् ।

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका ३ गिरुवारी बस्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले ‘बदमास केटा’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएको र प्र्याङ्क भिडिओ बनाउने नाममा बाटोमा हिँडिरहेकी महिलालाई रोकेर साथमा भएको पैसा, मोबाइल र गरगहना माग्दै नदिएमा एसिड हान्ने भनेर तर्साएका थिए । उनको व्यवहारकाे चौतर्फी आलोचना भएको थियो ।

उनलाई हिजो कावासोती बजारबाट पक्राउ गरिएको र काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय