नेप्सेमा बिन्ध्यवासीनी हाइड्रोको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

नेप्सेमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) को १,००,००,००० कित्ता साधारण शेयर सूचिकृत भएको छ ।

पहिलो कारोबारको लागि कम्पनीले रू १११.३४ देखि रु ३३४.०२ सम्मको ओपनिंङ रेन्ज पाएको छ ।

भोलि देखि दोस्रो बजार कारोबार शुरु हुनेछ ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गते अन्तिम सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो। बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका दिए ।

कम्पनीले कास्कीको रुदी खोलामा रुदी ए र रुदी बि गरि कुल १५.४ मेगावाटको आयोजना संचालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय