अभियान लघुवित्तले बुधबारबाट आइपीओ खुला गर्ने

काठमाडौं : अभियान लघुवित्तले साउन १८ गते बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५% अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । सले कम्पनीको दायित्व बहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय