मन्दाकीनी हाइड्रोपावरको आईपिओ आज बाँडफाँड हुँदै

मन्दाकीनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ आज मंगलबार दिउँसो बाँडफांड हुँदै छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलबार दिउँसो ४ बजे क्यापिटल कै कार्यलयमा नक्सालमा शेयर बाँडफांड गर्न लागेको हो ।

क्यापिटलले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

कम्पनीले यस अघि नै कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय