अभियान लघुवित्तको आइपीओ भर्नुअघि हेरौं कस्तो छ कम्पनीको अवस्था ?

काठमाडौं : अभियान लघुवित्त वित्तीय संस्थाले बुधबार (साउन १८ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । योमध्ये ५% अर्थात् ४८ हजार ७५० कित्ता सामुहिक लगानी कोष र ०.५% अथवा १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले अभियान लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । इक्रा नेपालले सन् २०२१डिसेम्बर ३ मा यो रेटिङ दिएको हो । यो रेटिङसन् २०२२ डिसेम्बर २ सम्म बाहल रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय