जीवन विकास लघुवित्तको नाफा सामान्य बढ्यो, ईपीएस कति?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन मुनाफा उल्लेख्य बढेपनि अघिल्लो आर्थिक वर्षको तुलनामा कम खराब कर्जा उठाएका कारण लघुवित्तको नाफा सामान्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ६.१६ प्रतिशत घटेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ११२.९६ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६७ करोड १७ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले गत आर्थिक वर्षमा ३७ करोड ५८ लाख रुपैयाँ मात्र यस्तो कर्जा उठाएको छ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३७ रुपैयाँ ७४ पैसा घटेर ७५ रुपैयाँ ६० पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५१ पैसा रहेको छ।

१ अर्ब ३ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ५४ करोड २० लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्त सापटी १.५८ प्रतिशत, निक्षेप १८ प्रतिशत र कर्जा १६.२३ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय