अभियान लघुवित्तको आईपीओ बाँडफाँट, यी ४ तरिकाबाट हेर्न सकिन्छ अभियान लघुवित्तको आईपिओ नतिजा

अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

आईपिओको नतिजा केहि समयपछि सार्वजनिक हुने छ । सार्वजनिक भएपछि विभिन्न ४ तरिकाबाट आइपिओ नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र अभियान लघुवित्त कम्पनीको वेबसाइट https://www.aviyanlaghubitta.com/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।


क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १९ लाख ८० हजार ९ सय ७० जना आवेदकबाट २ अक्रोद १९ लाख १२ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २ हजार ३ सय ७६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका १९ लाख ७८ हजार ७५ सय ९४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो । जस अनुसार ९१ हजार ३ सय ७५ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि रहेका आवेदक भने हात खाली भएका छन् ।

कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको थियो । जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएकोथियो । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ। कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय