अपर तामाकोशीको नोक्सानी झन् बढ्यो,

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड (UPPER) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ ऋणात्मक भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ। यससँगै कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ७४ करोड ९१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय आम्दानी ५ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। जसले गर्दा खुद नोक्सानी बढ्न पुगेको हो।

विविध कारणहरुले आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत वृद्धि हुन गएकोले ह्रासकट्टि खर्च र ब्याज खर्च अत्याधिक बृद्धि भएको कारण कम्पनीको नाफामा असर परेको वित्तीय विवरणमा उल्लेख छ।

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष सो अवधिसम्ममा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ ३३ पैसा रहेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय