पिपुल्स पावरको आईपीओ बाँडफाँड हुने मिति तय,

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आईपीओ आउँदो आइतबार बाँडफाँड हुने भएको छ।

पिपुल्स पावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो २ गर्ने तयारी भइरहेको क्यापिटलका एक अधिकारीले जानकारी दिए।

यो कम्पनीले गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो।बाँकी २२ लाख ९४ हजार ६८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्। 

निष्कासनको अन्तिम दिनसम्म यो कम्पनीको आईपीओमा १६ लाख ६ हजार ११० आवेदकबाट कुल १ करोड ८२ लाख १९ हजार ७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा ७.९४ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। यो हिसाबले १३ लाख ७६ हजार बढीको हात खाली हुने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय