पिपुल्स पावर लिमिटेडको आईपिओ बाँडफाँड आज यती बजे हुँदै छ ।।।

पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको आईपिओ आईतबार(आज) बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले दिउँसो २ बजे शेयर बाँडफाँड गर्ने तयार गरेको हो ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २४ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ४९ हजार ३ सय ४८ कित्ता कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख २३ हजार ३ सय ७० कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका छन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ मा शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।

पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय